साताको पहिलो कारोबार दिन हिजो तोलामा २ हजारले बढेको सुन आज एक हजार १ सय बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो । यस्तै चाँदीको भाउ आज पनि उकालो लागेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँले बढेर १४ सय २५ पुगेको छ
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP