ललितपुरमा  एकै घरमा पाँच जनाको मृत्यु

फाल्गुन २३, २०७८

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै परिवारमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने २ दिनको शिशुको अस्पताल पुर्‍याए सँगै मृत्यु भएको हो । 

ललितपुर प्रहरी प्रमुख तथा एसएसपी यज्ञविनोद पोखरेलका अनुसार गम्भीर अवस्थाका शिशुका बुवा शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ ।

वर्ष ५५ की काइली स्याङताङ, वर्ष ९ का आशीश, वर्ष २३ की सुस्मा, वर्षा ७ की आस्मा  र दुई दिनको शिशु रहेको पोखरेलले जानकारी दिए । बुवा २३ वर्षीय शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP