बाँकेमा ब्राउन सुगर र पेस्तोलसहित ३ जनालाई पक्राउ 

फाल्गुन २३, २०७८

बाँकेमा प्रहरीले लागू औषध ब्राउन सुगर र पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-१ बहादुरपुरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ बस्ने २७ वर्षीय मनिष थापा, र  नेपालगन्ज उपमहानगरपालिका-१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 


प्रहरीका अनुसार आइतबार करिब साढे ६ बजेतिर रवीन्द्रले आफ्नै  घरमा लागू औषध ब्राउन सुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी  टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा ९० ग्राम ब्राउन सुगर बरामद गरेको थियो । 


त्यस्तै प्रहरीले रवीन्द्रको सुत्ने कोठामा चेक जाँच गर्दा कालो कलरको म्यागेजिन नभएको अटोमेटिक पेस्तोल फेला परेको हो । उनीसँग कारोबार गर्ने मनिष र सुरेशलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिए । उनीहरू माथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP