नेपाल सरकारले युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । युट्युब सञ्चालन गर्न ५ लाख रुपैयाँ लाग्ने र इजाजत लिनुअघि उपभोक्ताको उमेर समेत वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको हो । सरकारले अनलाइन टिभीहरूले इजाजत पत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको हो ।
युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको गुनासो बढ्दै गएपछि सरकारले इजाजत लिएर मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । सरकारले नियमावली संशोधन गर्दै युट्युब र सोही प्रकारका अन्य प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याउन लागेको हो । सरकारले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्मका साथै इन्टरनेट मार्फत नियमित रूपमा श्रव्य दृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रूपमा परिभाषित समेत गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP