मधेस प्रदेशका चार जिल्लामा नेपाली काँग्रेसले अधिवेशन गर्दै

फाल्गुन २३, २०७८

नेपाली काँग्रेसको मधेस प्रदेशका चार जिल्लामा विभिन्न कारणले रोकिएका अधिवेशन आज(सोमवार) गर्दैछ । सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुने काँग्रेसले जनाएको छ । अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व छनोट हुने सम्भावना लगभग नभएको नेताहरूले बताएका छन् ।


रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतर समूहबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन् । सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन् ।

त्यसै गरी धनुषामा योगेन्द्र पञ्जियार, सन्तोष यादव र दिनेश यादवबिच सभापति पदमा प्रतिस्पर्धामा रहेका छन् । यादवद्वय भने संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न लागेका हुन् । त्यसै गरी सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरी सभापति पदमा भिड्दै छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP