पल शाहलाई थप १२ दिन अनुसन्धानको हिरासतमा राखीने

फाल्गुन २२, २०७८

नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ ।

शाहमाथि अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले थप १२ दिनको समय दिएको छ । नाबालिग गायिकाको परिवारले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले शाहमाथि अनुसन्धान अगाडि बढाएको हो । आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि (फागुन १५) गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP