मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय विक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् ।
शुक्रवार बेलुका पौने ७ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लागु औषध ब्राउन सुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको थियो ।
पक्राउ परेका तीनै जना सङ्ग यस विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP