तनहुँ दमौलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी

फाल्गुन २२, २०७८

तनहुँ दमौलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोक स्थित भूपाल हार्डवेयर पसलको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी भएको हो । 


आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो भने अझै नियन्त्रणमा आइसकेको छैन । आगलागीको कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ । प्रहरी, दमकल र स्थानीय आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको प्रहरीले जानकारी दिएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP