सुनको भाउ आइतबार प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँभन्दा माथि पुगेको छ । आज(आइतबार) सुन प्रति तोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य तोला ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ४ रुपैयाँ तोकिएको महासङ्घले जानकारी दिएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP