पाँच दिनअघि धरानको बुद्धचोकस्थित न्यु कान्तिपुर होटेल एन्ड गेस्ट हाउसमा पाँचथर घर भएकी ३९ बर्सिया सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनकुटाको पख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई पक्राउ गरेको हो ।
महिलाको हत्यामा संलग्नको खोजी गर्ने क्रममा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । शनिवार छथर जोरपाटी गाउँपालिकास्थित ससुराली घरबाट दिनेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इटहरीमा बस्दा चिनजान भएपछि तामाङसँग मगर नजिकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय उनी भोजपुरमा बसेर डोजरको सहचालक भएर काम गर्दै आएका हुन् । उनीहरूबिचको सम्बन्धमा खटपट सुरु भएपछि दिनेशले हत्या गरेको प्रहरीले जनाएको छ ।
पाँचथर मिक्लाजुङ १ की ३९ बर्सिया तामाङ हाल इटहरी ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP