धनुषामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना महिला गम्भीर घाइते भएका छन् । आज बिहान कमला नगरपालिका ४ मा ज १ त ७१५८ नम्बरको ट्याक्टरले पैदल यात्री तीन जना महिलालाई एकै पटक ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
ट्याक्टरको ठक्करबाट धनुषाको कमला नगरपालिका ४ का ४५ बर्सिया लीलादेवी अरगरियाको मृत्यु भएको हो । दुर्घटनामा स्थानीय ६५ बर्सिया सकुन्तीदेवि साह र ५५ बर्सिया देवकुमारी मुखिया गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट लीलादेवीको घटनास्थलमै मृत्यु भएको हो । घाइते दुवैको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP