गोली प्रहारबाट एक युवक गम्भीर घाइते

फाल्गुन २२, २०७८

धनुषा, जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिवार राति गोली चल्दा एक युवक घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीय मुकेश मुखिया रहेका छन् । कमला नगरपालिका-८ घर भएका मुकेश मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।


चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौँ पठाइएको छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डिएसपी बस्नेतले जानकारी दिए । गोली प्रहार गर्नेको खोजी भई रहेको र थप अनुसन्धान पनि अघि बढाइएको डिएसपी बस्नेतले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP