इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उद्घाटन र नयाँ भवनको शिलान्यास

फाल्गुन २०, २०७८

इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ । निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उद्घाटन भइरहेको छ । नयाँ योजनाहरू शिलान्यास गरिँदै छ । यही क्रममा शुक्रवार पनि इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उद्घाटन र नयाँ बन्ने अर्को भवनको शिलान्यास गरिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन तथा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रमुख चौधरीले सो विद्यालयमा पढ्ने विपन्न वर्गका विद्यार्थीका लागि एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिए । आफ्ना स्वर्गीय पिता नाथुराम चौधरीको स्मृतिमा अक्षयकोष निर्माण गरी विद्यालयका प्रधानाध्यापक तारा फुयाँललाई एकलख रुपियाँको चेक हस्तान्तरण गरे ।

उनले आफू जनप्रतिनिधि रहे पनि नरहे पनि आफ्नो पूरा जीवन इटहरीको विकास र सम्वृद्धिमा अपूर्ण गर्ने बताए । इटहरीको विकास यहिका जनताको अथक प्रयासमा भएको उनको भनाई छ । विद्यालयको २९ वार्षिक उत्सव समेत पारेर आयोजित कार्यक्रम बाबुराम उपाध्याय भट्टराईले आफ्ना स्वर्गीय भाइ कुमार भट्टराईको स्मृतिमा स्थापित अक्षयकोषमा एकाउन्न हजार रकम हस्तान्तरण गरे ।

 वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरले स्वास्थ्य शिक्षा र पूर्वाधार निर्माणमा उल्लेख्य कार्य गरेको बताइन् । ती कार्यको अहिले धमाधम नजिता देखिन थालेको उनको भनाई छ । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार आज उद्घाटन गरिएको पश्चिम तर्फको भवनको पहिलो तल्ला राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका १८ लाखको लागतमा निर्माण भएको हो ।

 पूर्व तर्फको भवन सशर्त अनुदान अन्तर्गत ४० लाखको लागतमा निर्माण भएको हो । अव बन्ने तीन तले भवन चार करोडको लागतमा बन्ने छ । त्यहाँ विद्यालय भवन,खेलमैदान,क्यान्टिन र सरस्वतीको मन्दिर निर्माण हुने छ । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजु केसीको पहलमा हङकङमा  बस्ने नेपालीले साढे नौ लाख सहयोग गरेको जानकारी गराइयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिनाथ पौडेललाई सम्मान गरियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP