सामाजिक सञ्जालमा भ्रामक सूचनाहरू राख्ने प्रयोगकर्ता माथि कारबाही गर्ने चेतावनी

फाल्गुन २०, २०७८

प्रहरीले युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक सूचनाहरू राख्नेमाथि कारबाही गर्ने जनाएको छ । शुक्रवार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जारी गरेको सूचनामा केही दिन यता विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खोजिएको भन्दै त्यसो गर्नेमाथि कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ ।


जबरजस्ती करणी गरेको भन्दै एक गायिकाले उजुरी दिएपछि प्रहरी हिरासतमा रहेका पल शाह प्रकरणमा सामाजिक सञ्जालमा विभिन्न भिडियो सामाग्रीहरू आइरहेका छन् । शाहमाथि आरोप लगाएकी बालिकामाथि नै लाञ्छना लगाउने गरी  सामाजिक सञ्जालमा  लगाएका  भिडियोहरू आइरहँदा प्रहरीले कारबाही गर्ने चेतावनी दिएको हो ।


यस्ता क्रियाकलापहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने भएकाले त्यस्ता गतिविधि नगर्न ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले एक सूचना जारी गरी अनुरोध गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP