“एउटा मिर्गौला बेच्दा फरक पर्दैन बरु आठ लाख पनि पाइन्छ”, भन्दै प्रलोभन देखाउने व्यक्ति पक्राउ

फाल्गुन २०, २०७८

मानव बेचबिखन तथा ओसार पसार उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ परेका छन् । तपाईँहरूको आर्थिक अवस्था कमजोर छ, मानव शरीरमा २ वटा मिर्गौलाहरू हुन्छन्, एउटा मिर्गौला झिक्दा खासै फरक पर्दैन बरु आठ लाख रुपैयाँ पनि पाइन्छ भन्दै आर्थिक प्रलोभन देखाई केही व्यक्तिहरूलाई मिर्गौला झिक्नको लागि भारत लैजाने क्रममा माछापोखरी स्थित एक होटेलमा राखेका २ जनाको पनि उद्धार गरेको प्रहरीले जनाएको छ ।


सोही काममा संलग्न मकवानपुरको हेटौडा उपमहानगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-४ बस्दै आएका ३९ वर्षीय मोती लामालाई गत सोमबार पक्राउ गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP