१ नम्बर प्रदेश भित्रको यातायात सम्बन्धी सबै कामहरू अनलाइन माध्यमबाट सुरु हुने प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताएका छन् । लेटाङ ८ जाँते बजारमा टीकाप्रसाद हर्कवती चेम्जोङको सालिक अनावरण गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।
मन्त्री घिमिरेले १ नम्बर प्रदेशका ८ वटै यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने बताएका हुन् । घिमिरेले चैत १ देखि विराटनगर वाट, चैत १५ देखि सुनसरीबाट, वैशाख १ देखि झापाबाट, वैशाख १५ देखि धनकुटा, उदयपुर र इलामबाट र जेठ १ गते देखि खोटाङबाट अनलाइन सेवा सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।
जग्गादाता टीकाप्रसाद हर्कवती स्मृति प्रतिष्ठानका अध्यक्ष ओमप्रकाश चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी पोख्रेल, वडा अध्यक्ष भीम प्रसाद पोख्रेल, काँग्रेसका नेता इन्द्रबहादुर मावोहाङ, विमला राई, नन्दप्रसाद खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP