विश्व श्रवण दिवसको अवसरमा पत्रकारहरूको निःशुल्क आँखा तथा कान परीक्षण सम्पन्न

फाल्गुन २०, २०७८

बिहीबार विश्व श्रवण दिवसको अवसरमा सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा निःशुल्क आँखा तथा कान उपचार शिविरको नेपाल प्रेस युनियन सुनसरी र राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको आयोजनामा सम्पन्न भएको हो । उक्त शिविरबाट १४० जनाले लाभ लिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । सञ्चारकर्मीहरूको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरिएको हो ।


राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सह आयोजना रहेको आँखा तथा कान उपचार शिविरमा अग्रज पत्रकार हर्ष सुब्बा , कृष्ण विनोद लम्साल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का सहित विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूले आँखा तथा कान जाँच गराएका थिए ।


नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको निःशुल्क आँखा उपचार शिविरमा आँखामा समस्या भएकाहरूलाई औषधि निःशुल्क वितरण गरिएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP