युरोपको आणविक ऊर्जा केन्द्र जापोरिजियाको ६ वटा रिएक्टरमा आगलागी

फाल्गुन २०, २०७८

युरोपको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र जापोरिजियाको छ वटा रिएक्टरमा आगलागी भएको छ । यो पावर प्लान्ट दक्षिण पूर्वी युक्रेनमा छ । रुसको लगातारको आक्रमणले आगलागी भएको र आगो निभाउन कठिन भएको युक्रेनले बताएको छ । यदि आगलागी जारी रह्यो भने आणविक दुर्घटना हुन सक्ने विज्ञहरूको भनाइ छ । सन् १९८६ मा जसरी चेर्नोबिल दुर्घटना भएको थियो, त्यसरी नै विकिरणको स्तर बढेर वर्षौँसम्म रहन सक्ने हार्वर्ड विश्वविद्यालयका आणविक सुरक्षा विशेषज्ञ ग्राहम एलिसनले बताएका छन् ।


रुसी सेनाले प्लान्टलाई अफलाइन गरी सम्पूर्ण क्षेत्रमा बिजुली अवरुद्ध गर्नका लागि उक्त कार्य गरेको हुन सक्ने ग्राहम एलिसनको भनाइ छ । जापोरिझियाको स्थानीय प्रशासनका प्रमुखले जापोरिजिया पावर प्लान्ट सुरक्षित रहेको बताएका छन् । युक्रेनी अधिकारीहरूले रुसी आक्रमणका कारण आणविक दुर्घटनाको आशङ्का गरेका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आणविक प्लान्टमा हमला भएको खबर आएपछि आपत्कालीन सहयोगका लागि अपिल गरेका छन् । जेलेन्स्कीले आणविक प्रकोपको खतराबारे चेतावनी दिएका छन् । 


आईएईएले प्लान्ट वरिपरि सैन्य अपरेसन रोक्न आह्वान गरेको बताए । आईएईएले आगो रियाक्टरसम्म पुगेमा गम्भीर खतरा हुने बताएको छ । प्लान्ट नजिकैको विकिरणको स्तरमा कुनै परिवर्तन नभए पनि रुसी आक्रमणका कारण चिन्ता बढेको छ । आईएईए ले प्लान्ट भित्र आवश्यक उपकरण अझै काम गरिरहेको जनाएको छ ।


श्रोत…… बिबिसी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP