मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

फाल्गुन २०, २०७८

मोरङको मिक्लाजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–२ र इलामको चुलाचुली गाउँपालिका–६ को सिमानामा पर्ने नुनसरी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा मिक्लाजुङ–८ का २९ वर्षीय नगेन्द्र बस्नेतको मृत्यु भएको हो । विद्युत् प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बस्नेत गम्भीर घाइते भएका थिए ।

घाइते बस्नेतको उपचारका क्रममा बिहीबार साँझ ५:५० बजेतिर उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP