धरानका सामुदायिक विद्यालयमा अध्ययनरतलाई बिहीबारदेखि निःशुल्क भिटामिन ‘डी’ दिन सुरु गरिएको छ । रोटरी क्लब अफ धरान घोपाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँगको सहकार्यमा यो निःशुल्क अभियान सञ्चालन गरेको हो । धरानका ४९ सामुदायिक विद्यालयमा १२ हजार हाराहारीमा अध्ययनरत बिध्यार्थि रहेका कार्यक्रमका संयोजक तथा बीपी प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्राडा विक्रमप्रसाद श्रेष्ठले बताएका छन् । यसका लागि साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरीएको बताएका छन् ।
विपन्न समुदायकामा झनै भिटामिन ‘डी’ कमी हुने सम्भावना रहेकाले सामुदायिक विद्यालयलाई छनोट गरिएको प्राडा श्रेष्ठले बताएका छन् । विकसित मुलुकमा खाद्य पदार्थमै भिटामिन ‘डी’ हालेर बिक्री वितरण गरिन्छ । तर विकासोन्मुख मुलुकमा त्यस्तो व्यवस्था नभएकाले शरीरमा भिटामिन ‘डी’ को कमी हुने गरेको उनले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP