नेपाल सहित १४१ देशहरूले गरे युक्रेनको पक्षमा मतदान

फाल्गुन १९, २०७८
संयुक्त राष्ट्र सङ्घको विशेष महासभामा नेपाल सहित १४१ देश रुसी आक्रमणविरुद्ध युक्रेनको पक्षमा उभिएका छन् ।


गए राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मत दिएको हो । राष्ट्र सङ्घले युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रुससँग माग गर्दै प्रस्ताव पारित गरेको छ । यसमा नेपालसहित १४१ देशले मत दिएका हुन् ।


रुसी सेनाले बेलारुस भएर पनि युक्रेनमा आक्रमण गरिरहेका छन् । नेपालका छिमेकी राष्ट्र भारत र चीन भने मतदानमा अनुपस्थित रहे । त्यस्तै, ३४ देशले मतदानमा भाग लिएनन् । त्यस्तै, सार्कका सदस्य राष्ट्र पाकिस्तान, बांगलादेश र श्रीलङ्का पनि मतदानमा भाग लिएनन् । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । नेपालले सुरुआतदेखि नै यसको विरोध गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP