सिराहा र सप्तरीको सीमा जोड्ने नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित

फाल्गुन १८, २०७८

पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिराहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् । हुलाकी सडक अन्तर्गत सिराहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो । उक्त पुल निर्माण लागि दबाबका लागि पटक–पटक स्थानीयवासीले धर्ना तथा अनशन समेत गरेका थिए ।


४ सय ७० मिटर लम्बाई पश्चिमबाट १६ स्पान र पूर्वबाट १२ स्पान रहेको नवनिर्मित बलान नदीको पुलको उद्घाटन औपचारिक रूपमा नभए पनि निर्माण सम्पन्न भएकाले सवारीसाधन चल्न थालेका छन् । पूर्व राजविराजदेखि पश्चिम बलान सम्मको सप्तरी खण्डमा करिब २० किलोमिटर सडक कालोपत्रे गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभिका कनट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP