बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
‘‘गत नौ गतेदेखि वनमा डार्ट राखेका थियौँ । त्यसयता बाघको निगरानी गरिरहेका थियौँ । गए राति डार्ट लाग्यो । त्यसपछि बिहान साढे ९ बजे खोरमा हालेर नियन्त्रणमा लियौँ,” उनले भने, “हामी अहिले बाँके राष्ट्रिय निकुञ्जमा बुझाउन आएका छौँ । राष्ट्रिय निकुञ्जले बाघलाई कहाँ राख्ने भन्ने ठेगान लगाउने छ ।”
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार साहले बाघ अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको जानकारी दिए । ‘‘बाघ निकुञ्जको नियन्त्रणमा छ । यसलाई कहाँ राख्ने भन्नेबारे १ घण्टामा निर्णय गर्छौँ,” उनले भने ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP