बाँके डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दीपेन्द्र अधिकारी, वडा नम्बर १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
मङ्गलवार राती पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगन्जदेखि राप्तीनदी तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्बरको कार चेकजाँच गर्ने क्रममा एक थान अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने नौ थान गोली सहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP