रुसले गर्‍यो युक्रेनका आवासीय क्षेत्रमा मिसाइल आक्रमण

फाल्गुन १८, २०७८

रुसले युक्रेनका आवासीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । रुसको मिसाइल आक्रमणमा कम्तीमा दुई सर्वसाधारणको मृत्यु भएको युक्रेनले जनाएको छ । राजधानी किभको पश्चिममा रहेको जोटेमारमा यो आक्रमण भएको हो । अधिकारीहरूका अनुसार आक्रमणको लक्ष्य सहरको एयरबेस थियो, तर नजिकैका आवासीय घर निशानामा परेको को ।


युक्रेनको आन्तरिक मन्त्रालयले ट्विट गर्दै उक्त हमलामा दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएको छ । टेलिग्राममा सरकारी अधिकारी एन्टोन गेराश्चेन्कोले मृत्यु हुनेको सङ्ख्या बढी हुन सक्ने बताएका छन् । एक बालक सहित चार जनाको मृत्यु भएको उनको भनाइ छ । 


युक्रेनको विदेश मन्त्रालयले रुसले आक्रमण गरेको भवनमध्ये एउटा प्रसूति गृह रहेको बताएको छ । श्रोत……….बिबिसी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP