अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसका उडानहरूमाथि लगायो प्रतिबन्ध

फाल्गुन १८, २०७८

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसका निजी तथा व्यावसायिक उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । यसअघि सामाजिक सञ्जाल फेसबुक र युट्युबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्री माथि प्रतिबन्ध लगाएको थियो । अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चार माध्यमका सामग्री सम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ ।

स्टेट अफ युनियन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले रुसी जहाज उडानमा प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाब सिर्जना हुने देखिएको बताएको छन् ।

युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो । रुसी मुद्रा रुबलको मूल्यमा र शेयर बजारमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP