माओवादी पुष्प कमल दाहाल प्रचण्डको विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । बुधवार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेर विप्लवले भेटवार्ता गरेका हुन् ।
एमसिसीका कारण पार्टीमा मतभेद उत्पन्न भएपछि मङ्गलवार प्रचण्ड पनि हात्तिवन पुगेका थिए । प्रचण्डले श्रेष्ठसँगको भेटघाटमा एमसिसीमा मतभेद भए पनि अरू विषयमा मिलेर जान आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेता पनि पत्रकार सम्मेलन मार्फत प्रचण्डले नै निस्केर जाने भए जाओ भनेप्रति गुनासो राखेका थिए ।
पार्टीको निर्णय विपरीत एमसिसी पास गर्न प्रचण्डले गेम खेलेको भन्दै माओवादी केन्द्रका थुप्रै प्रभावशाली नेताहरू असन्तुष्ट बनेका छन् । अधिकांश नेताहरूले पार्टी छोड्ने क्रम बढ्न थालेको एक नेताले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP