ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

फाल्गुन १८, २०७८

सुनसरीमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका-६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् । 


मङ्गलवार राति ९ बजे तीर प्र १-०२-००३ त नम्बरको ट्याक्टरले राज जानकी मन्दिर परिसरमा बसिरहेको अवस्थामा ट्याक्टरको डालाले ठक्कर दिँदा मगरदैता गम्भीर घाइते भएका थिए ।


घाइते मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP