चार दीन देखी हराएका वडा अध्यक्षको शव फेला

फाल्गुन १६, २०७८

चितवन, देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव आइतबार गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताएका छन् । 


पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएका उनको एकै पटक चार दीन पछि शव भेटिएको हो । तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपराह्न ४ बजे गाउँलेहरूले फेला पारेका थिए । 


गाउँलेहरूका अनुसार वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका हुन । शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP