धरान उपमहानगरपालिकाले २०७२ यता टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य निरन्तर चलिरहेको छ । देविथान र कालापानी लगायत विभिन्न खोलाको किनारा, बगर क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले उपमहानगरपालिकाले बारम्बार सावधान गराउँदा पनि सार्वजनिक जग्गा अतिक्रमण नरोकिएकाले गर्दा त्यसलाई हटाउने निर्णय गरिएको हो ।
हिजो(आइतबार) प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिका प्रमुख तिलक राईले जानकारी दिएका छन् । स्थानीय राजनीतिक दलका नेताहरू तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरमा छलफल बसेको हो । सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रूपमा हटाउने निर्णय गरेको राईको भनाइ थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP