नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकुर बम जस्तो शङ्कास्पद वस्तु भेटिएको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद् भवन अगाडि बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिए जानकारी दिएका छन् । प्रेसर कुकुरजस्तो देखिने शङ्कास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।
शङ्कास्पद वस्तु भेटिएपछि मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP