युरोपियन देशका आकाशमा रुसका विमानहरू उड्न नपाउने 

फाल्गुन १६, २०७८

युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन युनियनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरूलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरू, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।


युक्रेनको राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । युक्रेनी नागरिकहरूले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका ट्याङ्कहरू, अत्याधुनिक यन्त्रहरू, मीसाईलस बोकेका गाडीहरू युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । युक्रेनमाथि गरेको सो आक्रमणको विरोध स्वरूप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएका हुन् । रुसका जनता पनि युद्ध रोक्न राष्ट्रपति भल्लादीन पुटिनको विरोधमा आन्दोलनमा उत्रिएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP