नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य प्रति तोलामा एक हजार ६ सय रुपैयाँले बढी ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार(हिजो) सुनको मूल्य प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ४५ रुपैयाँले बढी तेह्र सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP