विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान नौ बजे तीर अस्पतालका कर्मचारीले शौचालयमा सालनाल सहितको शिशुको शव फेला पारेका थिए ।
उक्त घटनाको बारेमा अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । शव हेर्दा जन्मिने बित्तिकै फालिए जस्तो देखिएता पनि बच्चा मारेर फालिएको हो कि मरेपछि फ्याँकिएको हो निश्चित नभएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको हो ।
शिशुका अभिभावकबारे खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP