पल शाहविरुद्ध अर्का करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिएर पीडित पुगेकी जिप्रका चितवन 

फाल्गुन १५, २०७८

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरू सहित पुगेकी हुन् ।


प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैँडाकोट रिपोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एक दिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।


जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने र नहुने टुङ्गो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पुर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।


आइतबार शाह आफैँ तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।‘जाहेरीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौँ’ एसपी अधिकारीले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौँ ।

’जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

श्रोत….. अनलाइन खबर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP