इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुहिदिनमै ६ वटा आधारभूत अस्पताल उद्घाटन गरिएको छ । चुनावका वेला सबै वडामा आधारभूत अस्पताल पुर्याउने प्रतिबद्धता गरिएको थियो । सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् ।
धमाधम उद्घाटन गरेर सेवा सुचारु गर्ने क्रममा वडा नम्बर १०, ११ र १३ मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले नवनिर्मित स्वास्थ्य इकाई भवनको उद्घाटन गरेका छन् । उनले अव आधारभूत सेवा लिन गाउँका ज्येष्ठ नागरिक, महिला, बालबालिका लगायतले सहर जानु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । उपप्रमुख लक्ष्मी गौतमले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा इटहरी उपमहानगरपालिकाबाट भएका विकास कार्यका कारण जनताले गाउँ गाउँमा सिंहदरबार आएको महसुस गरेको बताएकी छन् ।
इटहरी १० मा वडाध्यक्ष प्रकाश चौधरी, ११ मा वडाध्यक्ष रुपेश चौधरी र १३ मा वडाध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा इन्जिनियर करुण राजवलटले भवन निर्माण लागतको बारेमा र स्वास्थ्य संयोजक धनश्याम सिग्देलले स्वास्थ्य इकाई वाट प्राप्त हुने सेवाका बारेमा जानकारी दिएका हुन् । त्यस्तै वडा नम्बर १८, १९ र २० मा स्वास्थ्य इकाई भवन केही उद्घाटन गरी सकिएको छ ।
गाउँ गाउँका बासिन्दाले सवैका लागि स्वास्थ्य भन्ने नारा सुनेको तर सवैका लागि स्वास्थ्य आजै प्राप्त हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP