“आज प्रहरी कार्यालय सामु आफैँ उपस्थित हुन्छु” :पल शाह

फाल्गुन १५, २०७८

जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह आज प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका हुन् । 


गत शुक्रवार देखी देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफी समेत मागेका छन् ।


आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका छन् । ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP