युक्रेनमा रुसले गरेको आक्रमणको कारण आज सम्म २ सय ४० जना सर्वसाधारणले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनका धेरै सहरहरूमा अहिले पनि भीषण लडाई जारी नै रहेको छ । आक्रमणका कारण युक्रेनका घर र पूर्वाधारमा पनि ठुलो क्षति पुगेको छ । जसका कारण सयौँ मानिस बिजुली र पानीविहीन बस्न बाध्य छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार हालसम्म एक लाख ६० हजार बढी युक्रेनहरूले आफ्नो घर छाडेका छन् । धेरै युक्रेनीहरुले देश छोड्न खोजिरहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP