अमेरिकाले रुससँग आक्रमण गर्न युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमण विरुद्ध लड्न सो रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका बिबिसीले जनाएको छ । विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्ट्याउन राष्ट्रपति बाइडेनले विदेश मन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् । रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठुलो सङ्ख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
यसैबिच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP