बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

फाल्गुन १५, २०७८

बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुंगल नगरपालिका–३ का ३८ वर्षीय जयबहादुर बोहरा रहेका छन् । दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिएका छन् ।


शनिवार बेलुका ५ बजे घर निर्माणको लागि काठ बोकेर खोल्लेक जाने क्रममा बुंगल–रन्लेम सडक खण्डको जुमेपानीमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थिए । घाइते बोहराको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हर्कबहादुरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP