महोत्तरीमा फेला परेको शङ्कास्पद वस्तु फेला परिएको थियो । उक्त शङ्कास्पद बस्तु टाइम बम भएको पुष्टि भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । उक्त ठाउँमा जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिएका छन् ।
नगरपालिका कार्यालय नजिकै राखिएको बमको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बिहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP