नेपाली बजारमा आज सुनको मूल्य हिजो(बिहिबार)को तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको छ । हिजो एकै दिन २५ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु ९८ हजार कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० तोकिएको छ ।
त्यस्तै चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP