मोरङ विराटनगरबाट चार हजार ८ सय भारतीय नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पूर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहम्मद महसुम रहेका छन् । विराटनगर महानगरपालिका–१३ बाट उनीहरू पक्राउ परेका हुन् ।
विराटनगर–१३ नहर चोकस्थितमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा शुक्रवार बिहान उनीहरूलाई पक्राउ गरेको हो । ट्याम्पोमा सवार रहेका उनीहरूको साथबाट ४८ वटा १०० भारतीय रुपैयाँका नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP