(हिजो)बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । प्रहरीले आन्दोलन मत्थर पार्न प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्या थियो । सोही प्रदर्शनको क्रममा एमसीसी विरुद्धको प्रदर्शनमा सक्रिय डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको टाउकोमा ठुलो चोट लागी उपचारका लागि एभेरष्ट अस्पताल पुर्याएको थियो । एभेरेष्ट अस्पताल बाट उपचार हुन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टर रिफर र्गयो ।
गम्भीर घाइते भएका उनीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मृत्यु भइसकेको बनाइदिए । उक्त घटनाको केही क्षण पस्चात ‘प्रहरीको गोली लागेर हेमराज अवस्थीको मृत्यु’ भन्दै सामाजिक सञ्जाल भरिसकेको थियो ।
सामाजिक सञ्जालमा उनको मृत्यु भएको खबर आयो । साथीहरूले हेमराजलाई फोन गरे । नचिनेका प्रदर्शनकारी, सामाजिक अभियन्तालगायत अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमा अवस्थीको मृत्यु भएको खबर र फोटो पोस्ट गरे । जुन खबर कञ्चनपुरका हेमराज अवस्थी आफैँले पढे । आफू परलोक भएको खबर आफैँले पढेको उनी आश्चर्य मान्दै सुनाउँछन् ।
‘‘सुरुमा त मलाई थाहा थिएन । साथीहरूले फोन गरेपछि सामाजिक सञ्जाल हेर्दा सबैतिर मेरै मृत्युको खबर रहेछ । त्यसपछि लगातार साथीभाइ आफन्तजनहरूको फोन आउन थाल्यो । त्यति बेला मोबाइल चलाउने अवस्था समेत आएन,” उनी भन्छन्, “म महेन्द्रनगर बस्छु । पहाडतिर पनि खबर पुगेको रहेछ । घरमा फोन गर्दा घरमा फोन लागेन,” अवस्थीले भने । छोरोको मृत्युको खबरले अवस्थीकी आमा अचेत भइन् ।
‘‘भ्रामक खबर आएको कुराबारे घरमा समयमै खबर गर्न पाइनँ । केही समयपछि मात्रै फोन सम्पर्क भयो । त्यसपछि घर परिवारलाई सम्झाएँ । म मरेको छैन भनेर आफैँले विश्वस्त तुल्याउनुपर्ने अवस्था आयो,” आफ्नो मृत्युको खबरबारे उनी भन्छन्, “साथीभाइलगायत धेरैले सामाजिक सञ्जालमा मलाई मृत बनाएर भ्रामक खबर प्रचारप्रसार गरे ।” बिहीबार आफ्नो परिवार र आफन्तले भोगेको तनाव सम्झिँदै उनले सामाजिक सञ्जालमा नबुझेरै गरिने भ्रामक र झुटा प्रचारले मान्छेको भविष्यमाथि नै खेलबाड भइरहेको बताए ।
‘‘वास्तविक घाइतेको पनि मृत्यु भएको छैन । उपचारकै क्रममा हुनुहुन्छ । उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साटो उहाँलाई समेत मृत बनाइएको थियो । यस्तो खालको सामाजिक सञ्जालको प्रवृत्ति एकदमै गलत छ,” उनले दुखेसो पोखे ।
फेसबुक मात्रै होइन टीकटकमा पनि अवस्थीको फोटो राखेर मृत्यु भइसकेको भनेर हल्ला फैलिसकेको थियो । सामाजिक सञ्जालमा बिहीबार फैलिएको खबरले अहिलेसम्म आफू र आफ्नो परिवारमा मानसिक तनाव सिर्जना भइरहेको उनी सुनाउँछन् । “परिवारमा खलबल भएको छ । म आफैँलाई पनि तनाव भइरहेको छ,” अवस्थीले भने ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले जीवित मानिसलाई मृत बनाइ सामाजिक सञ्जालमा भ्रामक खबर प्रकाशित गरे प्रकृति अनुसार कारबाही गरिने बताएका छन् ।
श्रोत……… बारखरी disital news
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP