माओवादीले एमसीसीको विपक्षमा मतदान गरेर सरकार छाड्ने निर्णय

फाल्गुन १३, २०७८

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको बैठकले एमसीसीको विपक्षमा मतदान गरेर सरकार छाड्ने निर्णय भएको माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए । आज शीर्ष नेताहरूसहित बसेको निर्णय भने औपचारिक भएको नेता पोखरेलले बताएका छन् ।


एमसीसीको विपक्षमा मतदान गरे सरकारमा बस्न नमिल्ने भएकाले बाहिरिनुपर्ने निष्कर्षमा आफूहरू पुगेको उनले बताए । तर कहिले सरकार छाडने भन्नेबारे भने अहिले नै यकिन नभएको पनि उनले बताए । एमसीसीकै विषयलाई लिएर हाल सत्ता गठबन्धन विभाजित रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार एमसीसीबारे छलफल गरेका हुन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP