मोरङको लेटाङ नगरपालिका–८, लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ । बुधवारदेखि हराएकी लेटाङ–८ ज्यामिरे टोलकी १२ बर्सिया करुणा राईको शव खाल्डो भित्र वस्त्रविहीन अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिएका छन् ।
डिएसपी मुकारुङका अनुसार शव उत्खनन गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसोदेखि बालिका बेपत्ता भएकी हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP