ललितपुर महानगरपालिका-१२ टंगालबाट जुवा तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । निरज खड्गीको गाडी ग्यारेजभित्र जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गीलगायत बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ग्यारेजभित्र जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाव मंगलबजार बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ६५५ रुपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP