रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । सयौँ युक्रेनका जनताहरू मारिएका छन् । हजारौँ घाइते भएका छन् । लाखौँ घर बाट विस्थापित भएका छन् । साथै हजारौँले देश छाडी सकेका छन् ।
रुसमा रुसका जनताले नै पुटिनको विरुद्ध आन्दोलनमा उत्रिएका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो । विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका बिबिसी समाचारमा उल्लेख गरेको छ ।
यसैबिच रुसका मुख्य सहरका नगर उप-प्रमुखले रुसी नागरिकलाई खुला पत्र लेख्दै युद्धमा सहभागी नहुन वा कुनै टिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘जनताबाट चुनिएका हामी उप-प्रमुखले युक्रेनमा रुसी सेनाले गरेको हमलाको कडा भर्त्सना गर्छौँ’, उक्त पत्रमा लेखिएको छ, ‘यो एउटा यस्तो असमान अत्याचार हो जसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP