युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले सबै युक्रेनीलाई देशको रक्षा गर्न हतियार उठाउने बेला आएको बिबिसीले बताएको छ । युक्रेनमा जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीनतर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढेका थिए ।
बिहीबारबाट भएको रुसी हमलामा परेर हालसम्म युक्रेनमा १ सय ३७ युक्रेनीको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको आक्रमणको पहिलो दिन युक्रेनमा १३७ सर्वसाधारण मारिएको बताएका हुन् । जसमा सैनिक र सर्वसाधारण भएका उनले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP