झापामा आगलागी हुँदा दुई जना घाइते भएका छन् । गए राति शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखा स्थित घरमा बिजुली सर्ट भई आगलागी हुँदा सोही भाडा गरी बस्ने बालिका भण्डारी र उनकी छोरी अस्मिता भण्डारी घाइते भएका हुन् ।
उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै सोही घरमा रहेका होटेल र दोमुखा युवा क्लबको अफिसमा पनि क्षति पुगेको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP